Section 78
बाटो इजाजतपत्र दिंदा जाँचनु पर्ने कुराहरू
दफा ७७ बमोजिम कुनै सार्वजनिक सवारीलाई बाटो इजाजतपत्र दिंदा त्यस्तो सार्वजनिक सवारीको धनी वा व्यवस्थापकले देहायका कुराहरू पूरा गरे नगरेको अधिकार प्राप्त अधिकारीले जाँच गरी पूरा गरेको भए मात्र त्यस्तो सार्वजनिक सवारीलाई बाटो इजाजतपत्र दिनुपर्छः–
(क) सवारी चालक, परिचालक, सुरक्षाकर्मी तथा सवारीमा काम गर्ने अन्य कर्मचारी तथा तेस्रो पक्षको बीमा,
(ख) सवारीको जाँचपास र
(ग) दर्ताको प्रमाणपत्र नवीकरण ।